धनगढीको सिपीमा भएको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन
धनगढी । धनगढीको सिपी अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको छ । पछिल्लो समय धनगढीमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै अस्पतालले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रगत अभाब कै कारण बिरामीले ज्यान गुमाउन नपरोस भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरीएको अस्पताल प्रशासन प्रमुख हेम जोशीले बताए ।
रक्तदान कार्यक्रममा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, लगायत अन्य व्यक्तिहरुले समेत रक्तदान गरेको अस्पताल प्रसाशनले जनाएको छ ।
सिपी अस्पतालमा स्त्री तथा प्रसुति रोग, जनरल सर्जरी, युरो सर्जरी, जनरल मेडिसिन, अर्थोपेडिक, गाईने, रेडियोलोजी र फिजियोथेरापी सेवाहरु दैनिक संचालनमा रहेका छन् ।
अस्पतालले सुदूरपश्चिम प्रदेशका विभिन्न दुर्गम ठाउँमा स्वास्थ्य शिविर,रक्तदान कार्यक्रम ,गरिब, दुखिलाई सहयोग गरि सामाजिक उत्तरदायित्व बहन गरिरहेको बताइएको छ ।
प्रतिक्रिया