गोदावरीमा बन भित्र काँग्रेसले पार्टी कार्यालयको शिलान्यास गरेको भन्दै एमाले नगर कमिटीको आपत्ति

  शनिबार २३, बैशाख २०८० १७:११

अत्तरिया । कैलालीको गोदावरी नगरपालिकामा बन भित्र पार्टीको कार्यालय शिलान्यास गरिएको भन्दै चौतर्फी विरोध हुन थालेको छ । देशको सबैभन्दा ठुलो दलले जगल मासेर पार्टी कार्यालय स्थापना गर्न थालेपछि विरोध हुन थालेको हो । 

गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको सुरक्षा महिला सामुदायिक बन भित्रको जग्गामा नेपाली कांग्रेसले बिपी स्मृति भवन बनाउन थालेपछि नेकपा एमाले गोदावरी नगर कमिटीले आपत्ति जनाएको छ । 

राज्यको सम्पत्तिका रूपमा रहेको बन क्षेत्र अतिक्रमण गरेर पार्टी कार्यालय स्थापना गर्न खोज्नु अराजनैतिक, अमर्यादित तथा कानुन बनाउने व्यक्ति द्वारा कानुनको ठाडो उल्लङ्घन देखिन्छ । यस्ता गैर कानुनी तथा अवैधानिक रुपमा वन अतिक्रमणको  सत्य तथ्य समाचार सम्प्रेषण गर्ने राज्यको चौथो अंगका रुपमा स्थापित तथा विभिन्न परिवर्तनका आन्दोलनमा अत्यन्तै महत्वपूर्ण भुमिका निभाएको पे्रस जगतलाइ समाप्त पार्ने असिष्ट र अमर्यादित अभिव्यक्तिको  घोर निन्दा तथा भत्र्सना गर्दछौ ।  गोदावरी नगर कमिटीका अध्यक्ष गोकर्ण भट्ट द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । 

"अव्यवस्थित तथा सुकुम्बासीहरुको झुपडिमा डोजर चलाउने गोदावरी नगर वडा न. ३ स्थित अव्यवस्थित तथा सुकुम्बबासीहरुको झुपडिमा डोजर चलाउने र २०८० बैशाख २१ गते माननीय ज्यूले वन अतिक्रमण गरी पार्टी कार्यलय शिलान्यास गर्ने जस्ता कार्यको गोदावारी बासी लगायत सम्पूर्ण आम नागरिकबाट बिरोध आइरहदा जनताको कुरा सुनेर समस्या सामाधान गर्नुको साटो बिभिन्न कार्यक्रममा नेकपा एमालेका नेताहरुलाइ तल्लो तहका गिरेर अमर्यादित ,असभ्य, स्तरहिन, निकृष्ट, अप्रसंग, शब्द प्रयोग गर्दै धम्कीपूर्ण भाषा प्रयोग गर्नाले मानवीय मर्यादा माथि प्रश्न चिन्ह खडा हुनुका साथै लोकतन्त्रको समेत उपहास गरिएको छ" उक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ  । 

" निर्वाचनमा विजय पराजय लोकतान्त्रीक पद्धतिको सुन्दर पक्ष रहेकाले यसलाइ नेकपा एमालले जनताको अभिमतलाइ सहर्ष स्वीकार गर्दछ तर विजयको उन्मादमा दम्ब धाकधम्की गुण्डागर्दी अराजनैतिक शैली,लोकतान्त्रीक आचारण र पद्धति भित्र पर्दैन" विज्ञप्तिमा भनिएको छ । लोकतान्त्रीक व्यवहार र आचरण अनुसरण गर्न पनि माननीय ज्यू लाइ विनम्र अनुरोध गर्नुका साथै जनताका जनमत सम्मान गर्नु हुने छ भन्ने विशवास लिएको विज्ञप्ति मार्फत बताइएको छ ।  

"वास्तविक सुकुम्बासीहरुको न्यायोचित व्यवस्थापन हुनुको साथै अवैधानिक तबरले निर्माण हुन गइरहेको पार्टी कार्यलय अविलम्ब स्थगन गर्न जोडदार माग गर्दछौ ।"  विज्ञप्तिमा भनिएको छ ।

No description available.

सम्बन्धित शिर्सक
clock शनिबार २३, बैशाख २०८० १७:११

प्रतिक्रिया