गोदावरीमा बन भित्र पार्टी कार्यालयको शिलान्यास, सानालाई ऐन, ठुलालाई चैन गरेको भन्दै स्थानियको बिरोध
अत्तरीया । कैलालीको गोदावरीमा बन भित्र पार्टीको कार्यालय शिलान्यास गरिएपछि बिरोध भएको छ। गोदावरी १ मा रहेको सुरक्षा महिला सामुदायिक बन भित्र जग्गामा नेपाली कांग्रेसले बिपि स्मृति भवन बनाउन शुरु गरिएपछि चर्को बिरोध भएको हो ।
नेपाली कांग्रेसले बनको जग्गाको खाली भागमा क्षेत्र न ४ को क्षेत्रीय पार्टी कार्यालय बिपि स्मृति भवन बनाउन शुरु गरेको हो। भबनको क्षेत्र नम्बर ४ का सांसद बिर बहादुर बलायरले शिलान्यास गरेका छन।
कांग्रेस प्रदेश सभापती समेत रहेका बलायरले मंगलबार शिलान्यास गरेका हुन। सो अबसरमा गोदावरीका मेयर लगायतका जनप्रतिनिधी र बनकी अध्यक्ष लक्ष्मी भण्डारी समेत सहभागी रहेकी थिइन्। भबन शिलान्यासको तस्बिर सार्बजनिक भएपछि सो कार्यको सामाजिक सन्जालमा चर्को आलोचना हुन थालेको छ।
बन नै अतिक्रमण गरेर पार्टी कार्यालय बनाउन नहुने सामाजिक सन्जाल प्रयोगकर्ताहरुको सुझाब रहेको छ। जनप्रतिनिधीहरुले नै यसरी बन अतिक्रमण गर्ने कार्यलाई प्रोत्साहान गरेपछि शुकुम्बासीलाई हटाउने कार्यको कुनै अर्थ नहुने उनिहरुको भनाई छ । गोदावरीमा प्रतिपक्ष दल नेकपा एमालेले पनि यस कार्यको बिरोध गरेको छ ।
गोदावरी नगरकमिटीका अध्यक्ष गोकर्ण भट्टले जनप्रतीनिधीहरुबाट नै बन मिचेर पार्टी कार्यालय बनाउने कुरा गलत भएको बताए । उनले शुकुम्बासीको घरमा डोजर लगाउने अनी बनमा पार्टी कार्यालय बनाउने कुरा जायज नभएको बताउँदै बन कार्यालयले तत्काल पार्टी कार्यालयको संरचना बनाउन दिन नहुने बताए।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
                        
                        
प्रतिक्रिया