रास्वपाद्वारा समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशको प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक (सूचीसहित)
कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सुदूरपश्चिम प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
पार्टीका अनुसार उक्त सूचीमा समावेश उम्मेदवारसँग छलफल यही पौष ५ गते बिहान ११ः०० बजेदेखि सौराई ब्याङ्केट एन्ड ईभेन्ट, शहिदगेट, धनगढी, कैलालीमा हुनेछ ।
छलफलपछि उम्मेदवार छनोट रूपरेखा अनुसार पौष ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
रास्वपाले सूचीमा परेका उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न अनुरोध गर्दै थप जानकारीका लागि सम्बन्धित प्रदेश सभापतिसँग सम्पर्क गर्न आग्रह गरेको छ ।
कुनै कारणवश कसैको नाम सूचीमा छुटेको भए पनि प्रदेश सभापतिमार्फत जानकारी गराउन पार्टीले अनुरोध गरेको छ ।
प्रारम्भिक उम्मेदवारको नामावली


प्रतिक्रिया