धनगढीको त्रिभुवन मावि परिसरमा पानी जम्दा बिद्यार्थी आवत जावतमा समस्या

  मङ्गलबार १८, असार २०८१ ०६:५०

धनगढी । धनगढीमा रहेको त्रिभुवन माध्यमिक विद्यालय परिसरमा पानी जम्दा बिद्यार्थी आवत जावतमा समस्या भएको छ । सोमबार राती देखि परेको वर्षापछि जमेको पानीको निकास नहुँदा आवत जावतमा समस्या भएको हो । 

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको त्रिभुवन स्कुल परिसरमा पानी जमेका कारण भित्र जाने मार्ग नै बन्द हुन थालेपछि स्कुल सन्चालन गर्न समस्या भएको स्कुल प्रशासन जनाएको छ ।

स्कुल अगाडी बनाइएको सडक स्कुल परिसरभन्दा उचाइमा परेका कारण पानी सबै परिसरभित्र जाम हुँदा निकासाको माध्यम नपाउँदा सानो वर्षामा पनि जलमग्न हुने गरेको त्रिभुवन माध्यमिक विद्यालयका प्राचार्य सिताराम अवस्थिते बताए ।

एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको स्कुलमा विद्यार्थीलाई नै आवतजावतमा समस्या हुँदा समेत व्यवस्थापनका लागी कुनै पनि निकायले चासो नदिएको उनको भनाई छ ।

May be an image of body of water

सम्बन्धित शिर्सक
clock मङ्गलबार १८, असार २०८१ ०६:५०

प्रतिक्रिया