धनगढीका बोहरा जेसीआई २०२६ को उपाध्यक्षमा निर्विरोध चयन
धनगढी । धनगढीका युवा दिपेश बोहरा सन् २०२६ का लागि जेसीआईको उपाध्यक्ष पदमा चयन भएका छन्।
लामो समयदेखि युवाहरूको नेतृत्व विकास, सामाजिक जागरण तथा विभिन्न सामाजिक अभियानहरूमा सक्रिय रहँदै आएका बोहरालाई संगठनको नेतृत्वले उनको योगदान, क्षमता र प्रतिबद्धताको मूल्यांकन गर्दै निर्विरोध उपाध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको हो।
उपाध्यक्ष पदमा मनोनयनपछि बोहराले यो जिम्मेवारी केवल पद मात्र होइन, युवाहरूको सशक्तिकरण र समाज परिवर्तनका लागि अझ जिम्मेवार भएर काम गर्ने अवसर रहेको बताएका छन्।
बोहराको यो मनोनयनले युवाहरूमा सकारात्मक सन्देश जाने विश्वास गरिएको छ भने आगामी दिनमा जेसीआई मार्फत थप प्रभावकारी सामाजिक र नेतृत्व विकासका कार्यक्रम सञ्चालन हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया