न्युनतम सेवा मापदण्डमा प्रादेशिक आयुर्वेद चिकित्सालयले पायो २७ दशमलव २८ अकं

  आइतबार १६, असार २०८१ २२:०८

धनगढी । न्युनतम सेवा मापदण्डमा सुदुरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय राजपुरले २७ दशमलव २८ नम्बर पाएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले गरेको न्युनतम सेवा मापदण्ड लेखाजोखामा चिकित्सालयले २७ दशमलव २८ नम्बर पाएको हो । चिकित्सालय स्थापनाको छोटो समयमा केही सकारात्मक कार्य गरेपनि बिभिन्न समस्या कायमै देखिएका छन् । न्युनतम सेवा मापदण्ड लेखाजोखामा प्रतिवेदनले चिकित्सालयमा एक्सरे सेवा, पन्चकर्म, पुर्वकर्म, अप्रेसन सेवा, क्यान्टिन, पार्किङ, फोहोरमैला लगायतमा त्रुटी देखाएको छ ।

सो त्रुटी सही रहेको चिकित्सालयका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राम कामेश्वर ठाकुरले बताएका छन् । चिकित्सालय स्थापनाको छोटो समयमा गुणस्तरिय सेवा दिने प्रयास गरेपनि धेरै त्रुटी कायमै रहेको उनले स्वूकारे । कर्मचारी तहबाट भएका कमी कमजोरी सच्याएर अघी बढ्ने बताएका डा।ठाकुरले चिकित्सालयमा आवश्यक पर्ने बजेट तथा जनशक्ती र उपकरणको पुर्ती गर्नुपर्ने माग राखे । हामी हाम्रा कमी कमजोरी सच्याउने छौँ उनले भने “यो भनिरहँदा हामीलाई आवश्यक पर्ने जनशक्तीनै छैन, एउटा कम्प्युटर अपरेटर पाउन सकेका छैनौँ, नवौँ तहको बिषेशज्ञ चिकित्सक छैन, आवश्यक बेड अभावै छ, अनी भने अनुसार सेवा दिन सकिरहेका छैनौँ ।” चिकित्सालयमा अभाव भएको आवश्यक औषधी उपकरण सगैं जनशक्तीको पदपुर्ती भए चाँडै सय प्रतिशत पुग्ने उनको बिश्वास छ ।

आयुर्वेद चिकित्सालय ब्यवस्थापन समितिका अध्यक्ष नरेश बिष्टले निकै समस्यामा रहेको चिकित्सालयलाई जेनतेन सुधार तर्फ ल्याउन सकिएको बताए । बिगतमा निकै समस्याहरु थिए ति समस्या हामी सुधार गर्दै लगिरहेका छौँ उनले भने “कर्मचारी साथीहरुलाई इमान्दार भएर काम गर्न अनुरोध गरेका छौँ, तपाइहरुलाई परेका समस्यामा हामी सहयोग गर्छौँ, हामी चिकित्सालय बनाउन राजनितिक क्षेत्रमा पहल गरिरहेका छौँ, अँझै गर्ने छौँ र यहाँका नागरिकलाई सर्वसुलभ आयुर्वेद चिकित्सा सेवा दिने छौँ ।”

स्वास्थ्य महिला तथा बालवालिका मन्त्रालय सुदुरपश्चिमका आयुर्वेद महासाखा प्रमुख डा।चेतराज जोशीले बिस्तारै चिकित्सालय सुधार भइरहेको बताए । बषौँ पुराना अस्पतालहरुको अवस्था अँझै दयनिय छ, आयुर्वेद चिकित्सालय स्थापना भएको धेरै भएको छैन जोशीले भने “सुधार हुँदै जाने छ, हाम्रा उद्देश्य र काम सही भयो भने, पक्कै सफलता तिर पुग्छौँ, सबैको उद्देश्य एउटै हुनुपर्छ सफल हुने उद्देश्यमा लागौँ ।”

बैकल्पिक चिकित्सा पद्धतीको बिकास बिस्तार सहित सुदुरपश्चिम प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा बिषेशज्ञ सेवा सञ्चालन गर्ने तयारी भएपनि त्यो अझैँ पर्याप्त हुन सकेको छैन । चिकित्सालयमा ब्यवस्थापन समिति आएपछि दशौँ तहको बिषेशज्ञ डा।ल्याउन सफल भयो । यति मात्रै नभएर चिकित्सालयको प्रशासनिक सुधार सगैं सरकारकहाँ बजेट, कर्मचारी, आवश्यक उपकरण, औषधी लगायत आवश्यक साधनका लागी पहल गर्ने बिषयमा समिति अग्र स्थानमै रह्यो । यति मात्रै नभएर चिकित्सालयले जडिबुटी खरिद गरी ७ प्रकारका औषधी आफै उत्पादन शुरु गरिसकेको छ । समितिले गत बर्ष प्रदेश सरकारकहाँ बिषेशज्ञ सहित ७२ जना जनशक्तीका लागी दरबन्दी माग गरेपनि २७ जनाको मात्रै स्वूकृत भएको थियो । जेनतेन सोही दरबन्दीबाट काम चलाएको चिकित्सालयले पुनःबिषेशज्ञ चिकित्सकको माग गरेको छ ।

clock आइतबार १६, असार २०८१ २२:०८

प्रतिक्रिया