फोक्सोमा जटिल समस्या भएकी पबित्राको उपचारमा आर्थिक अभाव

  शनिबार ०८, असार २०८१ ०७:१०

धनगढी । फोक्सोमा जटिल समस्या देखापरेपछि अस्पताल भर्ना गरिएकी पबित्राको उपचारमा आर्थिक अभाव परेको छ। डोटीको शिखर नगरपालिका–१० की पबित्रा भुलको स्वास्थ्यमा समस्या आएपछि गत जेठ २७ गते उनलाई अस्पताल भर्ना गरिएको थियो। 

अस्पताल भर्ना गरेपछि उनको फोक्सोमा जटिल समस्या भएको  देखा पर्यो। जन्मेको एक वर्षमै आमाबुवाको साथ गुमाएकी पबित्रा अहिले अस्पतालको बेडमा जीवन र मृत्युसँग युद्ध गरिहेकी छन्। आमाबुवाले  छोडेर गएपछि उनी मामाघरमा बस्दै आएकी थिइन्। 

मामाघरमा पनि आफैँलाई अर्कैको साहाराको खाँचो पर्ने उनका ७० वर्षका वृद्ध हजुरबुवा प्रताप भुलले पालन पोषण गर्दै आएका थिए। आफ्नो वृद्धभत्ता र सानोतिनो काम गरेर उनको उपचार गराइरहेका प्रताप अहिले काम गर्न नसक्ने भएका छन्।

साथै वृद्धभत्ताले उपचार सम्भव नभएपछि उनले सहयोगका लागि अपिल गरेका छन्। अहिले पबित्राको डडेल्धुरामा रहेको चिरन्जिवी पोलिक्लिनीकमा उपचार भइरहेको थियो,उनको उपचार गर्न नसेकपछि उनलाई घर लगिएको छ। 

पबित्रालाई सानै उमेरमा उनका आमाबुवा इन्नरा भुल र हरि भुलले सम्बन्ध बिच्छेद गरेर छोडेर गए। उनका आमाबुवाले छुट्टा छुट्टै बिहे गरेर छोडेर गएको पनि १० वर्ष भयो। उनका मामाघरमा पनि वृद्ध हजुरबुवा बाहेक अरु कोही छैनन्।

clock शनिबार ०८, असार २०८१ ०७:१०

प्रतिक्रिया