निसर्ग हस्पिटलले निशुल्क गरिदियो गोपालको उपचार

  शुक्रबार ०७, असार २०८१ १२:५६

धनगढी । धनगढीको हसनपुर स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले धनगढी-१२ जुगेडाका ३४ बर्षिय गोपाल थापाको निसुल्क उपचार गरिदिएको छ ।

घर नजिकैको घाँसको रुखबाट खसेर थापाको हात भाँचिएपछि उनलाई परिवारका सदस्यले निसर्ग हस्पिटलमा ल्याएका थिए । आर्थिक अबस्था निकै कमजोर रहेका थापालाई एक साता सम्म हस्पिटलले निसुल्क उपचार गरेर आज डिस्चार्ज गरेको हो ।

हस्पिटलका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. श्रीराम खाती, डा. ओमकार बिष्ट, डा. बम बहादुर कुँवर एनेस्थेसियोलोजिस्ट डाक्टर द्धय हेमन्त ओझा र सुनिल भट्ट लगाएतको टिमले थापाको भाँचिएको हातको सफल सल्यक्रिया गरेका हुन ।

गोपालकी आमा दिलमाया थापाले हस्पिटल परिवारलाई धन्यवाद दिदै भन्नुभयो, ‘हाम्रो त केहि थिएन कोहि थिएन, बिहान बेलुकिको खाना कसरी जुटाउने भन्ने मान्छे यत्रो ठुलो पैसाले कसरी उपचार गर्थेहोला ? मेरो छोराको निसुल्क उपचार गरिदिएर यो हस्पिटलले हामीमाथी ठुलो गुन लगाएको छ ।’

बिरामिका आफन्तले आर्थिक अभाब कै कारण उपचार गर्न समस्या भएको याचना गरेपछी थापाको निशुल्क उपचार गरिदिएको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताउनुभयो ।

हस्पिटलले बिपन्न परिवारलाइ छुट र आर्थिक अभाव भएकाहरुलाई उपचारमा सहयोग गर्दै आएको छ ।

clock शुक्रबार ०७, असार २०८१ १२:५६

प्रतिक्रिया