गेटा अस्पतालले माग्यो ५ जना विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मी हेल्थ

  शुक्रबार ३२, जेठ २०८१ १८:२१

धनगढी । गेटा अस्पतालले ५ जना विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मी माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै अस्पतालले ५ जना विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मी माग गरेको हो । 

अस्पतालले स्वीकृत करार दरबन्दीअनुसार जनशक्ति माग गरिएको जनाएको छ । अस्पतालले एक—एक जना जनरल सर्जन, अर्थोपेडिक्स सर्जन, एनेस्थेसियोलोजिष्ट, पेडियाट्रीसियन, अब्स एण्ड गाइनोकोलोजिष्टका विशेषज्ञ चिकित्सक माग गरेको छ ।

यस्तै, अस्पतालले केही मेडिकल अधिकृत, एक जना फिजियोथेरापिष्ट, एक जना फार्मेसी अधिकृत र एक जना मेडिकल ल्याब टेक्नोलोजिष्टसमेत माग गरेको छ ।

 

clock शुक्रबार ३२, जेठ २०८१ १८:२१

प्रतिक्रिया