धनगढीको माया मेट्रो असपतालमा बाल शल्यचिकित्सक सेवा सुरु
धनगढी । धनगढीको माया मेट्रो हस्पिटलमा सुदूरपश्चिममै पहिलो पटक बाल शल्यचिकित्सक सेवा सुरु भएको छ। वैशाख १ गतेबाट हस्पतालमा वरिष्ठ बाल शल्यचिकित्सक डाक्टर सुलोचना दाहालले बालबालिकाहरुको शल्यक्रिया सेवा दिन सुरु गरेकी हुन्।
माया मेट्रो हस्पिटलमा बाल रोगको उपचार डाक्टर मोहन साउँदले दिँदै आएकामा शल्यक्रियाको सेवा पनि थप गरिएको हो। डाक्टर सुलोचनाका अनुसार अब माया मेट्रोमा बालबालिकाको रोगको शल्यक्रियामार्फत उपचार सेवा सुरु भएको हो।
पाकिस्तानबाट बाल चिकित्सामा मास्टर्स इन सर्जरी गरेकी डाक्टर सुलोचनाले तीन वर्ष काठमाडौंको कान्ति बाल अस्पतालमा काम गरेको अनुभव छ। दाहालले सुदूरपश्चिममै पहिलो पटक धनगढीको माया मेट्रो हस्पिटलमा बाल रोगको शल्यक्रिया विधिबाट उपचार सेवा सुरु गरेकी हुन्।
नवजात शिशुदेखि १५ वर्ष मुनिका बालबालिकाको शल्यक्रिया ९ अप्रेसन०बाट उनले उपचार गर्नेछन्। अबदेखि दिशा गर्ने प्वाल नभएको शिशु, मृगौलामा समस्या देखिएका शिशु, गर्भवती अवस्थामा देखिने समस्या, हर्निया, मुत्र नलीमा समस्या, पिसाब फेर्ने प्वाल नभएको, पिसाबको थैलीबाट बाहिर निस्कने मुखको समस्या भएको, एपेन्डिसाइटिस, पेटको आन्द्रामा समस्या, कलेजो, मृगौला, मासु पलाएको, ट्युमर, घाटीमा सिस्ट भएको, छातीमा समस्या, ओठ काटिएका बालबालिकाको धनगढीको मायामेट्रो अस्पतालमा शल्यक्रिया हुने भएको हो।
बालबालिकाको सबै रोगको धनगढीमा शल्यक्रिया हुने उनले बताइन्। बालबालिकाको शल्यक्रियाका लागि काठमाडौं वा भारतका विभिन्न सहरीमा जानुपर्ने बाध्यताको अन्त्य भएको माया मेट्रो हस्पिटलका डाक्टर मोहन साउँदले बताए।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
                        
प्रतिक्रिया