सुदूरपश्चिमका १५ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी। सुदूरपश्चिम प्रदेशमा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २०६ नमूनाको कोरोना परिक्षण गरिएकोमा १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ निर्देशनालय डोटीले जनाएको छ।
स्वास्थ निर्देशनालय डोटीका अनुसार एन्टिजेन बिधिबाट १८६ नमूनाको कारोना परिक्षण गर्दा १४ जना र पीसीआर बिधिबाट २० नमूनाको कोरोना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ। यो संगै प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १४९ पुगेको छ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
                        
प्रतिक्रिया