कैलालीको भजनीका स्वास्थ्यकर्मी धर्नामा

  आइतबार १०, बैशाख २०८० १७:०९

धनगढी । कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी धर्नामा बसेका छन्। स्थायी स्वास्थ्यकर्मीहरुले तलब भत्ता पाउनुपर्ने माग राख्दै आइतबारदेखि स्वास्थ्यकर्मी अनिश्चितकालीन धर्नामा बसेका हुन्।

स्थायी स्वास्थ्यकर्मी सङ्घर्ष समिति भजनीले अन्य कर्मचारी सरह स्वास्थ्यका कर्मचारीहरूलाई पनि इन्धन लगायत प्रोत्साहन भत्ता प्रदान गर्नुपर्ने, आगामी आर्थिक वर्षको तलब भत्ताको अग्रिम व्यवस्था गर्नुपर्ने, समायोजन र समायोजन मिलान भई आएका स्वास्थ्यकर्मीहरूलाई हाल कामकाज गरिरहेकै स्थानमा पदस्थापन गर्नुपर्ने लगायत माग अघि सारिएको छ।

नगरपालिकाका स्वास्थ्य शाखा संयोजक कैलाश चौधरीले माघदेखि तलब भत्ता नपाएको बताउँदै विरोध स्वरूप पालिकालाई चैत ४ गते ज्ञापनपत्र बुझाएको बताए। भजनीमा ४० जना स्वास्थ्यकर्मी कार्यरत छन्।

clock आइतबार १०, बैशाख २०८० १७:०९

प्रतिक्रिया