नवजीवन अस्पताल द्धारा कञ्चनपुरको अमरबस्तीमा निशुल्क स्वास्थ्य शिविर

  आइतबार ०६, फागुन २०८० ०७:२९

धनगढी। कैलालीको धनगढी उपमहानगरपालीका वडा नम्बर ४ उत्तरबेहडीमा रहेको नवजीवन अस्पताल प्रा.लीले कञ्चनपुरको पुर्नवासमा बृहत् निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।

नवजीवन अस्पताल प्रा.ली धनगढी,पुर्नवास नगरपालीका वडा नम्बर ११ र लायन्स क्लब इन्टरनेशनलको संयुक्त आयोजनामा आज शनिवार राष्ट्रिय माध्यमिक बिद्यालय अमरबस्तीमा बृहत् निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । 

निशुल्क स्वास्थ्य शिविर मार्फत ३ सय ४३ जनाले आँखा सम्बन्धी समस्या, ३४ जना बालबालिका तथा ३ सय ३६ जनाले हाडजोर्नी तथा नशा रोग समस्या स्त्री रोग सम्बन्धी समस्या भएका बिभिन्न बिरामीहरुले उपचार सेवा लिएका हुन् ।

निशुल्क स्वास्थ्य शिविरमा महिला, बालबालीका,पुरुष तथा जेष्ठ उमेर समुहका बिरामीले बिशेषज्ञ चिकित्सकीय मार्फत निशुल्क स्वास्थ्य उपचार सेवा पाएको नवजिवन अस्पताल प्रा।लीका मार्केटिङ संयोजक राजु चौधरीले जानकारी दिए। 

बिरामीले आफ्नै घर नजिकै निशुल्क स्वास्थ्य उपचार सेवा पाउँदा निकै खुसीको महसुस गर्दै नवजीवन अस्पताल धनगढी र पुर्नवास नगरपालीका ११ र लायन्स क्लबलाई धन्यवाद दिएका छन् । यस अघि नवजीवन अस्पताल धनगढीले कैलाली र कञ्चनपुरका ग्रामिण बस्तीमै पुगेर निशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ।
 

clock आइतबार ०६, फागुन २०८० ०७:२९

प्रतिक्रिया