सुदूरपश्चिममा शुक्रवार ९ जनामा कोरोना संक्रमण पुष्टि

  शनिबार ०९, बैशाख २०८० ०६:२८

धनगढी । सुदूरपश्चिममा शुक्रवार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रवार ३२४ जनाको परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

संक्रमण पुष्टि हुने सबै भारतबाट फर्किएको रहेका निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको छ। 

clock शनिबार ०९, बैशाख २०८० ०६:२८

प्रतिक्रिया