कैलाली अस्पतालमा स्टोन तथा युरोलोजी सम्बन्धि निशुल्क चेकजाँच

  शनिबार ०९, बैशाख २०८० ०६:१९

धनगढी। कैलाली अस्पताल प्रा.ली. मा स्टोन तथा युरोलोजी सम्बन्धि निशुल्क चेकजाँच भइरहेको छ । अस्पतालले नव बर्ष २०८० को अवसरमा बैशाख महिनाभरि स्टोन तथा युरोलोजी सम्बन्धि निशुल्क चेकजाँच भइरहेको अस्पतालले जनाएको छ।

निस्शुल्क चेकजाँचमा मृगौला, पिशाब नली र पिशाब थैलीको पत्थरीको परामर्श, प्रोष्टेट ग्रन्थीका कारणले हुने समस्याको परामर्श तथा उपचार, पटक(पटक पत्थरी भैरहने समस्याको परामर्श तथा उपचार पुरुष निःसन्तानको उपचार, पिशाब तथा मृगौला सम्बन्धि सम्पुर्ण समस्याको उपचार सेवा प्रदान गरिने अस्पतालका अध्यक्ष जनक राज जोशीले बताए।

यस्तै बैशाख महिनाभरि स्टोन तथा युरोलोजी सम्बन्धि दुरबिन प्रविधीद्धारा हुने सम्पुर्ण अप्रेशनमा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट दिइएको बताइएको छ। यस्तै रगत, पिसाब, भिडियो एक्सरे, इसिजी तथा इसिएचओ र एक्सरेमा १५ प्रतिशत छुट दिइएको अस्पतालले जनाएको छ।

सो सम्बन्धि बिरामीहरुको जाँच तथा उपचार कैलाली अस्पतालमा कार्यरत कन्सल्टेन्ट युरोलोजिष्ट डाक्टर सुरेन्द्र बस्नेतले गर्नेछन् । सो सम्बन्धिका बिरामीहरुले समयमै भर्ना भई निशुल्क चेकजाँच तथा उपचारको लाभ लिन अस्पतालले आग्रह गरेको छ।

clock शनिबार ०९, बैशाख २०८० ०६:१९

प्रतिक्रिया