डोटीको काडामान्डौका ८७ जनालाई मातृशिषु आहार वितरण

  बिहिबार ०७, बैशाख २०८० १६:४०

धनगढी । डोटीको पुर्वीचौकी गाउँपालिकामा मातृशिषु आहार वितरण गरिएको छ । पुर्वीचौकी गाउँपालिकाको ५ काडामान्डौमा मातृशिषु आहार वितरण गरेको हो । 

मानवीय सेवामा अनेकौँ प्रयास संस्थाले काडामाण्डौँका ८७ जना १२ महिना सम्मका बच्चाहरूका आमाहरूलाई सामाग्री वितरण गरिएको अध्यक्ष भक्तराज जोशीले जानकारी दीए । 

May be an image of 5 people

ग्रामीण क्षेत्रमा बस्ने आमा बच्चाको स्वास्थ्य विकास होस भन्ने उद्देश्यले वितरण गरिएको बताउँदै जोशीले आमा र बच्चाको स्वास्थ्यको ख्याल गर्न र वितरण गरिएको सामाग्रीको सदुपयोग गर्न आग्रह गरे ।

May be an image of 4 people

clock बिहिबार ०७, बैशाख २०८० १६:४०

प्रतिक्रिया