धनगढीमा मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने

  शुक्रबार २६, माघ २०८० १८:२७

धनगढी । कैलालीको धनगढीमा अन्तरविद्यालय जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । धनगढी उपमहानगरपालीका ४ उत्तरबेहडीस्थीत कैलाली मोडेल माध्यमिक विद्यालयको आयोजनामा अन्तरविद्यालय जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने भएको हो ।

माघ २९ गते दिउँसो १२ः०० बजे देखी हाजिरी जवाफ प्रतियोगिता विद्यालयकै प्राङ्गणमा हुने प्रधानाध्यापक तपेन्द्र बहादुर सिंहले जानकारी दिए । अन्तरविद्यालय जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा ईच्छुक विद्यालयबाट कक्षा ८,९ र १० सम्मका बिद्यार्थीहरुले सहभागी जनाउन सक्ने उनले बताए ।

माघ २८ गतेभित्र टिम दर्ता गराइसक्नुपर्नेछ । साथै उनले (१ जना छात्रा अनिवार्य) सहभागिता हुने गरी जम्मा ३ जना सहभागीहरुलाई हाजिरी जवाफ प्रतियोगीतामा सहभागी गराइदिन सम्पूर्ण विद्यालयहरुलाई अनुरोध समेत गरेका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. १० हजार, द्वितीयलाई नगद रु. ५ हजार र  तृतीयलाई नगद रु ३ हजार रुपैँया सहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा सहभागीहरुले विद्यालयबाट एकजना शिक्षकको साथमा विद्यालय पोशाक र आईडी कार्ड सहित उपस्थित हुनुपर्ने बताइएको छ ।

clock शुक्रबार २६, माघ २०८० १८:२७

प्रतिक्रिया