कैलाली बहुमुखीका सुभाष गिरीले बीएससीमा ४.० जीपीए हासिल, विश्वविद्यालयभर उत्कृष्ट विद्यार्थी घोषित

  शुक्रबार २८, कार्तिक २०८२ ०७:२०

धनगढी । कैलाली बहुमुखी क्याम्पसका विज्ञान संकाय अन्तर्गत भौतिकशास्त्र विषयका छात्र सुभाष गिरीले बीएससी को आठौं सेमेस्टरमा ४.० जीपीए हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेका छन्।

नियमित, अनुशासित र अध्ययनशील विद्यार्थीका रूपमा चिनिने गिरीले यसअघि पनि विभिन्न सेमेस्टरहरूमा उच्च जीपीए हासिल गर्दै सुदूरपश्चिम विश्वविद्यालयमा आफ्नो शैक्षिक दक्षता प्रमाणित गर्दै आएका छन्।

गिरी बिहानदेखि साँझसम्म चैतन्य पाठशालामा अध्यापन र अन्य जिम्मेवारीमा संलग्न रहँदै, रातको समयमा अध्ययनमा केन्द्रित हुने गर्छन्। उनको अनुशासित जीवनशैली, समय व्यवस्थापन र निरन्तर मेहनतकै परिणामस्वरूप उनले बीएससी कार्यक्रममा पूर्ण जीपीए (४.०) ल्याउन सफल भएका हुन्।

क्याम्पस प्रशासन र सुदूरपश्चिम विश्वविद्यालयले सुभाष गिरीको यस उपलब्धिलाई “अनुकरणीय र प्रेरणादायी सफलता” का रूपमा मूल्यांकन गर्दै उनलाई सम्मान व्यक्त गरेका छन्। क्याम्पसले गिरीको उपलब्धिले अन्य विद्यार्थीहरूलाई परिश्रम, समयपालन र अनुशासनप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।

clock शुक्रबार २८, कार्तिक २०८२ ०७:२०

प्रतिक्रिया