कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने ?
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को पूरकतर्फको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
असोज ७ र ८ गते सञ्चालन भएको मौका परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो।
बोर्डका अनुसार परीक्षामा सहभागी १ लाख ४ हजार २६ विद्यार्थीमध्ये ७६ हजार ३६७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्।
यसअनुसार ७३.४१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्। ४ परीक्षार्थीको भने परीक्षाफल रद्द गरिएको छ।
९७१०१०७०, ९७१०११२८, ९७१०२७१६ र ९७१०४०९९ सिम्बोल नम्बर भएका परीक्षार्थीको नतिजा रद्द गरिएको बोर्डले जनाएङ्को छ।
बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट र १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ।
ी
एसएमएसबाट नतिजा थाहा पाउन नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले ठूलो अक्षरमा एनइबी टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर उल्लेख गरी १६०० मा पठाउनुपर्नेछ।
प्रतिक्रिया