दार्चुलाको एसियन बोर्डिङ स्कुलमा आगलागी

  बिहिबार २५, माघ २०८० ०९:४२

दार्चुला । दार्चुलामा एसियन बोर्डिङ स्कुलमा आगलागी भएको छ।

जिल्लाको सदरमुकाम खलंगास्थित बाल संगठनको कार्यालय तथा एसियन बोर्डिङ स्कुलमा आगलागी भएको हो। विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।

आगो लाग्ने वित्तिकै खबर पाएपछि स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

आगलागी पूर्ण नियन्त्रणमा आइसकेको भएपनि क्षतिको एकिन विवरण आउन बाँकी रहेको बताइएको छ। 
 

clock बिहिबार २५, माघ २०८० ०९:४२

प्रतिक्रिया