उपकुलपतिका लागि तेस्रो पटक आवेदन आह्वान
धनगढी । कैलालीको गेटामा खुल्न लागेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुई पटक दरखास्त आह्वान गरे पनि सम्भावित योग्य पात्र नभेटिएपछि तेस्रो पटक पुनः आवेदन आह्वान गरिएको छ ।
मन्त्रालयले उपकुलपति नियुक्तिका लागि पहिलो पटक कात्तिक १६ गते १५ दिनको म्याद तोकेर दरखास्त आह्वान गरेको थियो ।
उक्त अवधिमा कसैले पनि आवेदन नदिएपछि पाँच दिनको म्याद तोकेर दोस्रो पटक आवेदन आह्वान गरेको थियो । दोस्रो दिनको म्याद मङ्सिर ५ गते (शुक्रबार) सकिएको थियो ।
यतिबेलासम्म उपकुलपति नियुक्त गरेर कार्यस्थलमा पठाइसक्नुपर्नेमा फेरि तेस्रो पटक आवेदन आह्वान गरिएको छ । यस पटक पनि योग्य आवेदकले आवेदन दिन्छन् कि दिँदैनन् भन्नेमा मन्त्रालयले शङ्का व्यक्त गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले समेत केही समयअघि उक्त विश्वविद्यालयका लागि उपकुलपति नपाएर हैरान भएको बताउनुभएको थियो ।
प्रतिक्रिया