गोदावरी – १२ स्थित दुर्गा माविका शिक्षक भण्डारीको भव्य विदाई
अत्तरिया । कैलालीको गोदावरी नगरपालिका– १२ मा रहेको दुर्गा माध्यमिक विद्यालयका शिक्षक नेत्र प्रसाद भण्डारीको विदाई गरिएको छ । यही मंसीर १७ गते अनिवार्य अवकाश भएका विद्यालयका पुर्व प्रधानाध्यापक समेत रहेका भण्डारीको सोमबार विद्यालयमा भव्य समारोहको आयोजना गरि विदाई गरिएको हो ।
विद्यालयले आयोजना गरेको समारोहलाई विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको समूहले आर्थिक एवम् प्राविधिक रुपमा सहयोग गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव बहादुर बि।कको सभापतित्वमा आयोजना गरिएको बिदाई कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका– १२ का वडाध्यक्ष भीम बहादुर खड्का रहेका थिए भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका– ११ का वडाध्यक्ष प्रेम सिँ बडैला रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले वडामा भएको एउटा मात्रै मावि विद्यालयका कुशल शिक्षक तथा प्रशासकको सानदार बिदाई गरिएको बताए ।
उनले यही मंसीर १७ गते अनिवार्य अवकाशमा गएका विद्यालयका पुर्वप्रधानाध्यापक समेत रहेका भण्डारीले विद्यालयको सर्वागिण विकासका लागि ठुलो योगदान दिएको बताए । ‘उहाँले लामो समय यो विद्यालयमा सेवा गर्नुभयो, भौतिक देखी शिक्षा क्षेत्रमा यो विद्यालयले फड्को मार्नुका पछाडीको कारण उहाँ नै हुनुहुन्छ’ उनले भने ‘विद्यालयमा उहाँको योगदान अविस्मरणीय छ, त्यसैले विद्यालयलाई यहाँसम्म पु(याउने शिक्षकलाई सानदार रुपमा बाजा गाँजा सहित बिदाई गरेका हौ ।’ उनले भविष्यमा अरु शिक्षकहरुलाई पनि राम्रो गर्नेलाई राम्रो मिल्छ भन्ने प्रेरणा मिल्छ भन्ने आभाष हुनेछ भन्ने अपेक्षा लिएको बताए ।
जिवनको आधा समय विद्यालयलाई अपर्ण गरेका शिक्षकलाई अवकाश भएपश्चात विद्यालयबाट भव्य रुपमा विदाई गर्न पाउँदा खुसी महसुस भएको पूर्व विद्यार्थी एवम् विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष कर्ण बहादुर साउँदले बताए । यद्दपी विद्यालयलाई माथि उकास्न महत्वपुर्ण भूमिका निर्वाह गरेका शिक्षकलाई बिदाई गर्नुपर्दा मनमा पिडा भएको समेत उनले बताए ।
‘उहाँले लामो समय यो विद्यालयलाई दिनुभएको छ, यो विद्यालयलाई मावि बनाउन उहाँले घरघर गएर चन्दा समेत संकलन गर्नुभयो’ उनले भने ‘यो विद्यालयको हितका लागि सदैव लागिरहनुहुने सरको आज विदाई गर्नुपर्दा मनमा पिडाबोध भएको छ ।’ शिक्षक भण्डारीकै कार्यकालमा विद्यालयमा भौतिक पुर्वाधारहरु थपिएको बताउदै उनले शैक्षिक, आर्थिक, भौतिक र प्रशासनिक रुपमा विद्यालयले सोही समयमा फड्को मारेको समेत उल्लेख गरे ।
उनले शिक्षक भण्डारीले विद्यालयबाट आफ्नो विदाईमा एक रुपैया पनि खर्च नगर्ने बाचा गरेकाले पूर्व विद्यार्थीहरुले मिलेर बिदाई गरेको बताए । ‘सरले विद्यालयबाट विदाईका लागि एक रुपैया पनि खर्च नगर्ने र आफ्नो विदाई नगर्ने भन्नुभएको रहेछ, सो कुरा मैले सुनेपछि सामाजिक सञ्जालमार्फत समुह बनाएर पूर्व विद्यार्थीहरुलाई जानकारी गराएको थिए’ उनले भने ‘सो समुहमा आवद्ध पूर्व विद्यार्थीहरुले सरको भव्य बिदाई गर्नुपर्ने भन्दै आफ्नो तर्फबाट सबै व्यवस्थापन गरेका हौ ।’
कार्यक्रममा आफ्ना भनाई राख्दै शिक्षक भण्डारीले आफुले अध्ययन गरेको र शिक्षण पेसा अंगालेको विद्यालयबाट बाहिरीनुपर्दा दुख लागेको बताए । उनले आफूले विद्यालयमा सबैको प्रेरणाले सक्दो अनुसार विद्यालयको भौतिक, शैक्षिक, आर्थिक विकास गर्ने प्रयास गरेको बताए । उनले आफूप्रति विद्यालय र पूर्व विद्यार्थीहरुले गरेको सद्भाव र मायाप्रति नतमस्तक भएको बताउदै आगामी दिनमा पनि विद्यालयको सम्पुर्ण विकासका लागि सक्ने सहयोग गर्न तत्पर रहेको बताए ।
२०३० सालमा सोही विद्यालयबाट अध्यापन सुरु गरेका भण्डारीले २०४६ सालदेखी विद्यालयमा शिक्षण पेसा अंगालेका थिए । त्यसपश्चात २०६८ सालमा विद्यालयबाटै द्धितिय श्रेणीमा पदोन्नती भएका उनि त्यसपश्चात २०७९ सालदेखी प्रधानाध्यापकको भूमिकामा रहदै आएका थिए । उनको बिदाईमा बाजागाँजा सहित विद्यार्थीहरुका विभिन्न प्रस्तुतीका साथै देउडा समेत खेलिएको थियो ।
प्रतिक्रिया