जानकी सामुदायिक वन द्धारा विद्यार्थीहरूलाई खेलकुद जर्सी सहयोग
धनगढी । कन्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको जानकी सामुदायिक वन उपभोक्ता समूहले विद्यार्थीहरूलाई खेलकुद जर्सी सहयोग गरेको छ ।
कृष्णपुर नगरपालिका अन्तर्गत भोलिबाट सुरु हुने १६ औँ राष्ट्रपति रनिङसिल्डको लागि बिणा माविका विद्यार्थीहरूलाई खेलकुद जर्सी सहयोग गरेको हो ।
जानकी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रप्रकाश भट्टले बिद्यार्थिको मनोवल बढाउन का लागि खेकुल जर्सि सहयोग गरेको बताएका छन ।
जर्सि हस्तान्तरण कार्यक्रममा कृष्णपुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष दीनेश खड्का, जानकी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रप्रकाश भट्ट, उपाध्यक्ष अनिता चौधरी लगायत बिद्यालयका कर्मचारी बिद्यार्थी लगाएको सहभागिता रहेको थियो ।
प्रतिक्रिया