हेप्पीनेसका सदस्यलाई सौभाग्य हस्पिटलमा छुट

  बुधबार ०६, बैशाख २०८० १०:५६

धनगढी । धनगढीको सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरले हेल्प फर हेप्पीनेसका सदस्यलाई उपचार शुल्कमा छुट दिने भएको छ। मंगलवार सौभाग्य हस्पिटल र हेल्प फर हेप्पीनेस सुदूरपश्चिमबीच उपचार शुल्कमा छुट दिने सम्झौता पत्र आदानप्रदान भएको हो।

हस्पिटल सञ्चालक समितिका अध्यक्ष दिनेशराज जैशी र हेल्प फर हेप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। यो सँगै अब सौभाग्य हस्पिटलमा हेप्पनेसमा आवद्ध सबै सदस्यहरुले उपचार शुल्कमा छुट पाउने भएका छन् । 

अस्पताल सञ्चालक समितिका अध्यक्ष जैशीकाअनुसार हेप्पीनेसका सदस्यहरुलाई ओपीडी शुल्कमा २५ प्रतिशत, प्याथोलोजी सेवामा २० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट पाइनेछ । जैशीले सम्झौता पत्रमा उल्लेख भएका बाहेकका सेवामा समेत अवस्थाअनुसार छुट दिने प्रतिबद्धता जनाएका छन् ।

clock बुधबार ०६, बैशाख २०८० १०:५६

प्रतिक्रिया