आजदेखि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने

  बुधबार ०६, बैशाख २०८० १०:५१

धनगढी । आजदेखि देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने भएको छ।

सरकारले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ। 

clock बुधबार ०६, बैशाख २०८० १०:५१

प्रतिक्रिया