कैलालीको कैलारी गाउँपालिकामा किटनाशक झुल वितरण

  मङ्गलबार ०५, बैशाख २०८० १८:२४

धनगढी । मानविय सेवामा अनेकौं प्रयास संस्थाकाले कैलालीमा किटनाशक झुल वितरण गरेको छ । जिल्लाको कैलारी गाउँपालिकाको तीन वडामा किटनाशक झुल वितरण मानविय सेवामा अनेकौं प्रयासका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो । 

गाउँपालिकाको सहकार्यमा वडा नम्बर १, ३ र ४ मा किटनाशक झुल वितरण गरिएको हो। वडा नम्बर ४ को गाउँबाट सुरुवात गरिएको झुल वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष राजसमझ चौधरी र वडा नम्बर ४ का वडा अध्यक्ष ठागुराम चौधरी सहभागि रहेका थिए। 

मानविय सेवामा अनेकौ प्रयासको सिएआर–२२ परियोजना अन्र्तगत १५ सय घरधुरीमा ४ हजार ५ सय ५ वटा झुल वितरण गरिएको छ। सुकुम्बासी, विपन्न, दलित तथा एकल महिलाहरुलाई झुल वितरण गरिएको हो।

clock मङ्गलबार ०५, बैशाख २०८० १८:२४

प्रतिक्रिया