कक्षा ८ को परीक्षामा धनगढीका १८ विद्यालयको नतिजा शून्य, हेर्नुहोस सुचिसहित

  सोमबार ०४, बैशाख २०८० १८:०२     विश्वास खबर

धनगढी । कक्षा ८ को परीक्षा धनगढीका १८ विद्यालयको नतिजा शून्य भएको छ । आइतबार तयार भएको परीक्षा नतिजामा धनगढीका विभिन्न १७ सामुदायिक र १ सस्थागत गरी १८ विद्यालयबाट कुनै  पनि  विद्यार्थीले कक्षा ९ मा भर्ना हुने योग्यता हासिल नगरेको धनगढी उपमहानगरले जनाएको छ ।
को को हुन शुन्य नतिजा ल्याउने सामुदायिक बिद्यालय ?

  1.    धनगढी वडा नम्बर १ शान्तिनगरमा रहेको सरस्वति आधारभुत बिद्यालय
  2.    धनगढी वडा नम्बर १३ श्रीलंकामा रहेको नव ज्योति आधाभुत बिद्यालय
  3.    धनगढी वडा नम्बर १३ राजपुरका रहेको जनता राष्ट्रिय माबि 
  4.    धनगढी वडा नम्बर ६ मट्यारीमा रहेको भैरव वावा आधाभुत बिद्यालय
  5.    धनगढी वडा नम्बर ९ बंगराकटानमा रहेको सरस्वति आधारभुत बिद्यालय
  6.    धनगढी वडा नम्बर ७ देबरीयामा रहेको शिव माबि 
  7.    धनगढी वडा नम्बर १७ पथरीमा रहेको भानु मावि
  8.    धनगढी वडा नम्बर १६ दमौलीमा रहको सज्जन आधारभुत बिद्यालय
  9.    धनगढी वडा नम्बर १६ भादामा रहेको दिपेन्द्र चारपाते माबि
  10.   धनगढी वडा नम्बर १४ फुलबारीमा रहेको शिवशंकर आधारभुत बिद्यालय
  11.   धनगढी वडा नम्बर १४ एच गाँउमा रहेको सिद्धार्थ आधारभुत बिद्यालय
  12.   धनगढी वडा नम्बर १८ एफ गाँउमा रहेको खप्तडी आधारभुत बिद्यालय
  13.   धनगढी वडा नम्बर १८ ई गाँउमा रहेको ईन्द्रोदय आधारभुत बिद्यालय
  14.   धनगढी वडा नम्बर १९ फुलबारीमा रहेको फुलबारी आधारभुत बिद्यालय
  15.   धनगढी वडा नम्बर १२ जनकबस्तिमा रहेको नवगुर्गा आधारभुत बिद्यालय 
  16.   धनगढी वडा नम्बर १२ दुर्गा बस्तिमा रहेको दुर्गा आधारभुत बिद्यालय
  17.   धनगढी वडा नम्बर १३ जुगेडामा रहेको जनकल्याण माबि

को को हुन शुन्य नतिजा ल्याउने संस्थापक बिद्यालय ?

  1.    धनगढी वडा नम्बर ३ मा बोराडाडीमा रहेको मोडर्न स्कुल

उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार धनगढीमा ४६ सामुदायिक र ६० संस्थागत विद्यालय छन् । धनगढी उपमहानगरपालिकाले कक्षा आठको परीक्षामा नन ग्रेड कायम भएका विद्यार्थीका लागि वैशाख २९ र ३० गते सैद्धान्तिक तर्फ बढीमा दुई विषयमा नन ग्रेड कायम भएका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षा हुने तय भएको जनाएको छ ।
 

सम्बन्धित शिर्सक
clock सोमबार ०४, बैशाख २०८० १८:०२     विश्वास खबर

प्रतिक्रिया