धनगढीको सेती अस्पतालमा कोभिड संक्रमित महिलाको मृत्यु

  आइतबार ०३, बैशाख २०८० ०९:२९

धनगढी । कैलालीको धनगढीस्थीत सेती प्रादेशिक अस्पतालमा एक कोरोना भाइरस (कोभिढ) संक्रमित महिलाको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। 

उनको आइतवार बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा मृत्यु भएको उनले बताए।

मुटुको बिरामी रहेको महिलामा चैत २६ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

clock आइतबार ०३, बैशाख २०८० ०९:२९

प्रतिक्रिया