बनलेक स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर हुने

  बिहिबार १२, पुष २०८० ०६:३६

डोटी । डोटीको शिखर नगरपालिका १० बानेडुङ्ग्रीसैनमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । सुजुङ्ग अस्पतालको प्राविधिक सहयोग र सुजुङ्ग स्कुलमा आर्थिक सहयोगमा शिखर नगरपालिका १० बानेडुङ्ग्रीसैनमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।

शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरका अनुसार वडा नम्बर १० बानेडुङ्ग्रीसैनको बनलेक स्वास्थ्य चौकीमा एक दीने स्वास्थ्य शिविर लाग्ने छ ।

स्वास्थ्य शिविरमा वरिष्ठ सर्जन विशेषज्ञ डा. आभास थापामगर, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. बुद्धिराज गुरुङ र जनरल फिजिसियन डा. राममणि यादव रहने छन् । 

नगर प्रमुख बलायरले आफ्नो स्वास्थ्य चेकजाँच गराई फाइदा उठाउन सबै नगरवासीमा अनुरोध गरेका छन् । 

clock बिहिबार १२, पुष २०८० ०६:३६

प्रतिक्रिया