बाजुरा भूकम्प : राहत र उद्धारमा कठिनाई, “स्थानीय भन्छन, हामि चिसोमै कठ्याग्रीएरै मर्छौं होला”

११ माघ २०७९, बुधवार

बाजुरा, ११ माघ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छया र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण बाजुराको हिमाली गाउँपालिकाको क्षति बिवरण संकलनमा कठिनाई भएको छ ।

बाजुरा जिल्लाकै अतिदुर्गम क्षेत्रको रुपमा रहेको हिमाली गाउँपालिकाको बिच्छयामा भएको क्षतिबिवरणको आधिकारीक जानकारी अझैसम्म आइनपुगेको जिल्लाप्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बिच्छया क्षेत्रमा हिमपात भइरहेका कारण पनि सो क्षेत्रमा राहत तथा उद्धारमा कठिनाई भइरहेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभएको छ ।

सबै वडा अध्यक्षहरुलाई म्यासेज गरेको तर कुनै ठाउँमा पनि फोन सम्पर्क भइरहेको अवस्था नभएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो । वडा अध्यक्षहरुलाई फोन गर्दा पनि सम्पर्क नभएकाले बिच्छ्यामा के कती क्षति भयो भन्ने कुराको कुनै जानकारी अहिलेसम्म भइनसकेको उहाँले जानकारी दिनुभयो ।

प्रहरीको टोलीहरु सो क्षेत्रमा पठाएको भएपनि प्रहरीमा समेत सम्पर्क हुँन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपक्षिक सुर्य थापाले बताउनुभयो । त्यहाँ गएको प्रहरी टोली पनि कहाँ पुग्यो भन्ने कुराको समेत जानकारी नभएको उहाँले बताउनुभयो ।मंगलबार सम्म बिच्छयामा रहेको प्रहरी चौकीमा सम्पर्क गर्दा प्रहरी चौकी समेत क्षति भएको र आसपासका क्षेत्रमा धेरै घरहरुमा क्षति भएको जानकारी भएको त्यसपछि कुनै सूचना प्राप्त नभएको प्रहरी प्रमुख थापाले बताउनुभयो ।

मंगलबारकै भूकम्पका कारण हुम्ला घर भएकी एक बालिका हिमाली गाउँपालिकामा दिदीको घर आएकी र घाइते भएकी बालिकालाई ३ घण्टाको पदैलदुरी पछी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । उहाँकाअनुसार अहिले घाइते बालिका होसमा आइसकेकी छन् ।

जिल्ला भर हिमपात र पानी परिरहेको कारण राहत तथा उद्धारमा धेरै समस्या भइरहेको प्रहरी प्रशासन र सरोकारवालाहरुले बताएका छन् । हिजो मंगलबार दिउँसो हिमाली गाउँपालिका केन्द्रबिन्दु बनाएर ५।९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

हिमपातसँगै भूकम्पका कारण सुदूरपश्चिमवासीको जनजीवन प्रभावित

बाजुराको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रबिन्दू बनाएर भूकम्प गएपछि पश्चिम नेपालमा फेरी त्रास बढेको छ । लामो समयदेखि पश्चिममा ठूलो भूकम्प गएपछि स्थानीय वासी चिन्तित भएका छन् ।

भूकम्पपछि पहिरो आएर मानिस र भेडाको मृत्यु भएको गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिनुभयो । हिजो बिहानैदेखि हिमपातसँगै सुदूरपश्चिमको जनजीवन प्रभावित भइ रहँदा भूकम्पले थप त्रास बढेको छ ।

बाजुरासहित सुदुरपश्चिमका ग्रामिण भेगमा ढुङ्गा र माटोका स-साना घर रहेका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौँका प्रमुख डा। लोकविजय अधिकारीले भूकम्पीय जोखिमबाट पश्चिम नेपाल बढि प्रभावित हुँन सक्ने हुँदा सुरक्षा अपनाउन सुझाव दिनुभयो । भूकम्पको धक्का अन्य जिल्लामा पनि महसुस गरिएको थियो ।

Share This:
No News Were Available