जिल्ला अस्पताल दार्चुलामा पहिलो पटक हाडजोर्नी विशेषज्ञ डाक्टर

  बुधबार २७, मङि्सर २०८० ०९:२४

दार्चुला । जिल्ला अस्पताल दार्चुलाले पहिलो पटक हाडजोर्नी विशेषज्ञ डाक्टर पाएको छ । अस्पतालले डा. प्रह्लाद थापालाई पहिलो हाडजोर्नी विशेषज्ञका रूपमा पाएको हो । 

प्रदेश सरकारको अनुदानमा जिल्ला अस्पताल दार्चुलाले करारमा नियुक्ति गरेका हाडजोर्नी विशेषज्ञ डा. थापालाई मङ्गलवार एक कार्यक्रमका बीच स्वागत गरेको छ । 

स्वागत कार्यक्रममा डा. थापाले आफूमा भएको ज्ञान, सीप, र क्षमतालाई भरपूर प्रयोग गरी जनसेवामा खटिने प्रतिबद्धता गरेका छन् । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपकराज जोशीले अस्पतालमा आवश्यक उपकरणको व्यवस्थापन गरी छिट्टै सेवा प्रवाह गरिने बताए । 

लामो समयको सङ्घर्षपछि हाडजोर्नी विशेषज्ञ डाक्टर ल्याउन सफल भएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख एवम् निमित्त मेसु संजिव श्रेष्ठले बताए  । 

अस्पतालमा हाडजोर्नी विशेषज्ञ डाक्टर हाजिर भएपछि त्यससम्बन्धी सेवा शुरु भएको अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए ।

clock बुधबार २७, मङि्सर २०८० ०९:२४

प्रतिक्रिया