नयाँबर्षको अबसरमा मायामेट्रो अस्पतालद्वारा मोबाईल एप्स संचालनमा ल्याउदै

  मङ्गलबार २८, चैत २०७९ ०७:३५

धनगढी । कैलालीको धनगढीमा रहेको माया मेट्रो हस्पिटलले नयाँ बर्षको अवसरमा बिरामी, ग्राहक एव् कर्मचारीहरुलाई कामकाजमा सहजताका लागि बैशाख १ गतेका दिन मोबाईल एप्स संचालनमा ल्याउने भएको छ ।

मोबाईल एप्स मार्फद टाढा टाढा रहेका बिरामी एव् ग्राहकले अनलाईन बाटै नाम दर्ता, टेलिमेडिसियन, ल्याब रिपोर्ट सँगै अस्पतालबाट दिईदै आएका सेवा सुविधा एप्स बाटै जानकारी लिन सकिने कुरा अस्पतालकी प्रशासन अधिकृत मनिता तामाङले बताइन् ।

माया मेट्रो हस्पिटलको मोबाईल एप्स विश्च चर्चित एप्स निर्माण कम्पनी आईमार्क कम्कनीले निर्माण गर्न लागेको छ । मायामेट्रो हस्पिटल नाम गरेको एप्स गुगलको प्ले स्टोर मा गएर मोबाईलको प्ले स्टोरमा गएर आज नै  आ(आफ्नो मोबाईलमा डाउनलोड गरी घरमै बसी बसी सेवा लिन सकिने छ ।

clock मङ्गलबार २८, चैत २०७९ ०७:३५

प्रतिक्रिया