राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसदको पदावधि सकिँदै, निर्वाचनको तयारी
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त रहने सदस्य पदका लागि तयारी थालेको छ । राष्ट्रिय सभाका २० जना सांसदहरुको पदावधि फागुन २० मा सकिने भएपछि त्यसको तयारी थालेको हो ।
आयोगले त्यसकालागि संविधान अनुसार माघको दोस्रो साता ९१०, ११ र १२ मध्ये एक दिन० निर्वाचन गराउने तयारी गरिरहेको छ । त्यसका लागि सरकारसाग परामर्श समेत आयोगले थालिसकेको छ ।
राष्ट्रिय सभामा अध्यक्ष गणेश तिमिल्सिना सहितका २० जनाको पदावधि सकिन लागेको हो । यसरी पदावधि सकिन लागेकामा एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसद रहेका छन् ।
एमालेबाट राष्ट्रिय सभा अध्यक्षसमेत रहेका गणेश तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, रामचन्द्र राई र विमला राई पौड्याल रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसको तर्फबाट रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव रहेका छन् ।
माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी तथा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा र जसपाकी प्रमिलाकुमारी यादव रहेका छन् ।
खिमलाल देवकोटाको पनि यही समयमा पदावधि सकिँदैछ । उनीहरुको स्थानमा को–कसलाई पठाउने भन्ने बारेमा दलहरुबीच छलफल अघि बढेको छैन ।
प्रतिक्रिया