भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु

  शनिबार १८, कार्तिक २०८० ०५:३४

जाजरकोट । गएरातिको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको  मृत्यु भएको छ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए।

उनका अनुसार नगर उपप्रमुख  सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो।

उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन्। 

 

सम्बन्धित शिर्सक
clock शनिबार १८, कार्तिक २०८० ०५:३४

प्रतिक्रिया