सुदूरपश्चिमको समृद्धि र बीकास का लागि सबै एकजुट हुनुपर्ने : मुख्यमन्त्री शाह

  आइतबार १२, कार्तिक २०८० ०८:०३

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले बिकासका लागी सबै दल एक हुनुपर्ने बताएका छन् । मुख्यमन्त्री निवास धनगढीमा आयोजित दशै, तिहार तथा छठ पर्वको सुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सुभकामना दिदै मुख्यमन्त्री शाहले प्रदेशको समृद्धि र विकासका लागि सबै एकजुट हुनुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री शाहले सबै दलबिचको एकताबाट मात्र विकास सम्भव रहने बताएका हुन् । पर्वले हामी बिचको एकतालाई प्रगाढ बनाउन पनि मद्दत गर्छ उनले भने यसले हामीलाई नयाँ सिराहाबाट अघि बढ्न पनि प्रेरित गर्छ । उनले एकजुट भएर अघि बढ्दै विकास र समृद्धिको खाका कोर्नुतर्फ लाग्नुपर्ने बताए ।

मुख्यमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी सहित सहभागी थिए । कार्यक्रममा प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, आर्थिक मामिला मन्त्री नरेशबहादुर शाही, उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, प्रदेश सभा सदस्य, निवर्तमान प्रदेश सभा सदस्य, विभिन्न राजनीतिक दलका नेता, प्रदेश मन्त्रालयका सचिव तथा कर्मचारी, मन्त्रालय मातहातका कार्यालयका कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

clock आइतबार १२, कार्तिक २०८० ०८:०३

प्रतिक्रिया