मूल्यवृद्धिको विरोधमा रास्वपाले गर्‍यो प्रधानमन्त्रीले बोलाएको सात दलको बैठक बहिष्कार

  आइतबार १४, असोज २०८० १३:२४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिष्कार गरेको छ ।

आइतबार प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोग गठन गर्नेलगायतका विषयमा छलफल गर्न राष्ट्रिय मान्यताप्राप्त सात दलका शीर्ष प्रतिनिधिलाई बैठकमा बोलाएका हुन् । 

तर, चाडपर्वको मुखमा सरकारले उच्च मूल्यवृद्धि गरेको भन्दै रास्वपाले त्यसको विरोध गरेको छ । रास्वपाले उक्त बैठक बहिस्कार गर्ने रास्वपा सभापति रवि लामिछानेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराए ।

उनले फेसबुकमा लेखेका छन्, ‘चाडपर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले गरेको मुल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ । यसको विरोधस्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको अन्य विषयको बैठक हामीले बहिष्कार गरेका छौं । थप कार्यक्रमबारे जानकारी दिनेछौं ।’

clock आइतबार १४, असोज २०८० १३:२४

प्रतिक्रिया