सेती अस्पतालले माग्यो ७ विशेषज्ञ चिकित्सक सहित १३ जना कर्मचारी

  शुक्रबार २२, भदौ २०८० १६:२७

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालले १३ जना कर्मचारी माग गरेको छ । अस्पतालले करार सेवामा ७ जना विशेषज्ञ चिकित्सकसहित १३ जना कर्मचारी माग गरेको हो ।

विभिन्न विधाका विशेषज्ञ चिकित्सक ७ जना, डेन्टल सर्जन १ जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट १ जना र मेडिकल अधिकृत ५ जनाका लागि करार सेवामा विज्ञापन खोलेको छ । ७ दिनभित्र आवेदन दिन भनिएको छ ।

clock शुक्रबार २२, भदौ २०८० १६:२७

प्रतिक्रिया