कैलाली कांग्रेसमा लफडा : सभापतिले दुई नेता निष्कासन गरेपछि उपसभापति काउन्टरमा, सभापति भट्टविरुद्ध नाराबाजी

  बिहिबार २५, साउन २०८० १६:१७

धनगढी । नेपाली कांग्रेस कैलाली जिल्ला सभापति नारायणदत्त भट्टले दुई नेतालाई साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासन गरेपछि अहिले यहाँका कांग्रेसीजनमा विवाद सृजना भएको छ । सभापति भट्टविरुद्ध केही नेताले नाराबाजीसमेत गरेका छन् ।

सोमबार जिल्ला सभापति भट्टले गोदावरी नगरपालिका- १ का क्षेत्रीय प्रतिनिधि लोकराज पाण्डे आगो र चुरे गाउँपालिका-६ का क्षेत्रीय प्रतिनिधि सुरतबहादुर कार्कीलाई अनुशासनको कारबाही भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेका थिए ।

दुवैजना माथि पार्टी जिल्ला सभापतिले पार्टीको महत्त्वपूर्ण पदीय जिम्मेवारीमा बसेर पार्टी हितको बर्खिलाप हुने गरी र पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता र कार्यकर्ताको मानहानि हुने गरी सार्वजनिक रूपमा अभिव्यक्ति दिने, सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति दिने गरेको आरोप लगाएका थिए ।

 

clock बिहिबार २५, साउन २०८० १६:१७

प्रतिक्रिया