काँग्रेस कैलालीले गर्यो युवा नेता ‘आगो’माथि कारबाही
धनगढी । नेपाली काँग्रेस गोदावरी नगरपालिका १ कैलालीका क्षेत्रीय प्रतिनिधि लोकराज पाण्डेय (आगो) कारबाहीमा परेका छन् ।
उनलाई पार्टीको जिल्ला कार्यसमितिले महत्त्वपूर्ण पदीय जिम्मेवारीमा बसेर पार्टी हितको बर्खिलाप सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै अनुशासनको कारबाही गरिएको जनाएको हो ।
पार्टी हितको बर्खिलाप, पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता कार्यकर्ताको मानहानि हुने गरी सार्वजनिक अभिव्यक्ति दिने गरेको र सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति दिने गरेको देखिएको जिल्ला कार्यसमितिले जनाएको छ ।
उनलाई अनुशासनको कारबाही गर्दै पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको छ । आगो विगत केहि महिना देखि गेटामा विश्व विद्यालय बन्नु पर्छ भन्दै आन्दोलनको नेतृत्व गरी रहेका थिए ।
उनलाई पार्टीले कारबाही गरेपछि सामाजिक सञ्जालमा नेता कार्यकर्ताहरूले नेतृत्वको विरोध गरेका छन् ।
प्रतिक्रिया