डडेल्धुराको अजयमेरूमा वडाबाटै स्वास्थ्य बीमा निःशुल्क

  शनिबार ३०, असार २०८० ०७:३०

बैतडी । डडेल्धुरा अजयमेरू गाउँपालिका–१ ले स्वास्थ्य बीमा निशुल्क गर्ने भएको छ। जिल्लाको अजयमेरु गाउँपालिका –१ ले वडाका अति विपन्न तथा गरिव नागरिकको निशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ। स्वास्थ्य बीमा निःशुल्क गराउने यो जिल्लामै पहिलो वडा हो। 

आर्थिक वर्ष २०८०/०८१ मा वडाका अति विपन्न र गरिबीको रेखामुनि रहेका नागरिकको स्वास्थ्य सेवामा पँहुच पुर्याउन र सबैले सजिलै उपचार  पाउन भन्ने उद्देश्यले विपन्न तथा गरिब परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको हो।

स्वास्थ्य सुरक्षा स्वरुप निःशुल्क स्वास्थ्य बिमा अभियान सञ्चालन गरेको वडा नम्बर १ का अध्यक्ष दत्तीसिंह भण्डारीले जानकारी दिए। उनले भने, हामीले स्वास्थ्य सुरक्षा स्वरुप निःशुल्क स्वास्थ्य बीमा अभियान नै चलाएका छौं।

वडासभाबाट  निर्णय गराइ गरिब र विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य  बीमा सुरुवात गरेको वडा अध्यक्ष भण्डारीले जानकारी दिए। अहिलेका लागि ३५ जनाको स्वास्थ्य विमा गरिने वडा सचिव मदनराज पाण्डेयले बताए। 

आवश्यक सुचांकमा पर्ने वडाको नीति तथा कार्यक्रममा  ३५ जनाको आर्थिक वर्ष २०८०/०८१ मा निःशुल्क स्वास्थ्य  बिमा गरिने वडा सचिव पाण्डेयले बताए।

clock शनिबार ३०, असार २०८० ०७:३०

प्रतिक्रिया