दार्चुला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

  बुधबार २०, असार २०८० १२:५०

दार्चुला । दार्चुलालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ दार्चुला जिल्लालाई मंगलबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

खोपै नलगाएका ६ जना बालबालिका र पूर्ण खोप नलगाएका ४७ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका वरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । 


दार्चुलालाई २०७३ सालमा पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । पूर्ण खोप घोषणा पछि प्रत्येक वर्ष खोप लगाउन छुटेका बालबालिकालाई खोजेर खोप प्रदान गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिँदै आएको छ ।

clock बुधबार २०, असार २०८० १२:५०

प्रतिक्रिया