संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न प्रचण्ड, देउवा र ओली सहमत

  मङ्गलबार १९, असार २०८० १२:४७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न सहमत भएका छन् ।

आज सभामुख देवराज घिमिरेसहित सिंहदरबारका बसेको बैठकमा उक्त सहमति भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।

“संसदीय समितिको नेतृत्व चाडोभन्दा चाडो चयन गर्ने सहमत भयो । प्रमुख सचेतकलाई राखेर निर्वाचन प्रकृया सभामुखले सुरू गर्नुहुन्छ,” उनले भने ।

टीआरसी र मनी लाउन्ड्रिङको विधेयक अघि बढाउने सहमति पनि भएको उनले बताए । संसदीय समितिको नेतृत्वमा पुरानै सहमति कार्यान्वयन गरेर अघि बढ्ने उनले बताए ।

clock मङ्गलबार १९, असार २०८० १२:४७

प्रतिक्रिया