कैलालीमा बसको ठक्करबाट मृत्यु भएकी बृद्धाको पहिचान खुल्यो
धनगढी । कैलालीमा बसले ठक्कर दिएपछि मृत्यु भएकी बृद्धाको पहिचान खुलेको छ ।
गोदावरी नगरपालिका–२ को तेघरीस्थित नेपाली सेनाले अघि बुधबार बिहान ना ५ ख ५२५ नम्बरको बसले ठक्कर दिदा घटनास्थलमै ज्यान गुमाएकी महिला ८० वर्षीया दिलमाया श्रीस भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार उनी गोदावरी नगरपालिका–२ कै स्थानीय बासिन्दा हुन् ।
उनलाई ठक्कर दिने बस र चालक गोदावरी नगरपालिका–१ का ५२ वर्षीय टेकराज भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया