अचेत भेटिएका नरेश सुनारको माया मेट्रोमा निःशुल्क उपचार

  मङ्गलबार १८, कार्तिक २०८२ ०७:४१

धनगढी । बाटोमा अचेत अवस्थामा भेटिएका कञ्चनपुरका नरेश सुनारको धनगढीस्थित माया मेट्रो अस्पतालले निःशुल्क उपचार गरेको छ। शनिवार साँझ कृष्णपुर नगरपालिका–२, वाणीमा सुनार अचेत अवस्थामा फेला परेका थिए। 

उनलाई प्राथमिक उपचारका लागि वाणी अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि माया मेट्रो अस्पताल, धनगढीमा पु¥याइएको थियो। अस्पतालका पिआर म्यानेजर जगत महतका अनुसार सुनारलाई तीन दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो।

उपचारका क्रममा उनको परिवार सम्पर्कमा नआएको र आर्थिक अवस्था कमजोर रहेको पाइएकोले अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पूर्ण उपचार निःशुल्क गरेको हो।

म्यानेजर महतका अनुसार, उपचारपछि स्वास्थ्यमा सुधार आएपछि सोमवार अस्पतालले सुनारलाई डिस्चार्ज गरी अस्थायी ट्राफिक प्रहरी कार्यालय, चटकपुरलाई जिम्मा लगाइएको छ।

clock मङ्गलबार १८, कार्तिक २०८२ ०७:४१

प्रतिक्रिया