नैतिकताको आधारमा भन्दै गृहमन्त्री लेखकले दिए राजीनामा

  सोमबार २३, भदौ २०८२ २१:५८

काठमाण्डौँ । जेन–जी पुस्ताको आन्दोलनमा भएको मानवीय क्षतिप्रति नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

मन्त्री लेखकले सोमबार राति राजीनामा दिएका हुन् । लेखकले सोमबार राति बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका एक मन्त्रीले जानकारी दिए ।

सोमबार बसेको कांग्रेस पदाधिकारीको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले लेखकको राजीनामा माग गरेका थिए ।

सोमबार भएको जेन(जी पुस्ताको आन्दोलनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको गरी १९ जनाको मृत्यु भएको थियो । लेखक २०८१ असार ३१ गतेदेखि गृहमन्त्रीको जिम्मेवारीमा थिए ।

clock सोमबार २३, भदौ २०८२ २१:५८

प्रतिक्रिया