यस्तो छ एमाले विधान महाधिवेशनमा पेस गर्न लागिएको कर्ण थापाको फरक मत (पूर्णपाठसहित)

  शुक्रबार २०, भदौ २०८२ ०७:१४

काठमाडौँ । आजबाट सुरु हुने एमाले विधान महाधिवेशनमा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पनि पेस हुँदै छ ।

थापाले ७०  वर्षे उमेरहद र २ कार्यकाल कायम राख्नुपर्ने, पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता निष्क्रिय गर्न नहुने, पार्टी कमिटीहरू लोकतान्त्रिक ढंगले चयन हुनुपर्ने लगायतका विषय समेटेर फरक मत लग्ने भएका हुन् । 

नेता थापाले बिहीबार दिउँसो पार्टी कार्यालयमा दर्ता गरेको फरक मत आजबाट गोदावरीमा सुरु हुने विधान अधिवेशनमा छलफलका रूपमा लैजाने एमालेले जनाएको छ ।

बिहीबार नै बसेको सचिवालय बैठकले थापाको फरक मतलाई स्विकार्दै विधान महाधिवेशनमा छलफलका लागि पठाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । खासगरी एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नहुने भनिरहेका बेला थापाले भण्डारीलाई रोक्न नहुने बताउँदै आएका छन् ।

 

clock शुक्रबार २०, भदौ २०८२ ०७:१४

प्रतिक्रिया