रेशमलाई रन्जिताको कटाक्ष : गीत बजाएर मात्र १६ सिट जितिएको होइन

  बिहिबार १२, भदौ २०८२ ०८:००

कैलाली । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले प्रदेश सभा र प्रतिनिधि सभामा आफ्नो पार्टीले जितेको सिट केवल रेशम चौधरीले बनाएको गीतका कारण मात्रै नभएको बताएकी छन् ।

एक कार्यक्रममा रेशम चौधरीले आफूले बनाएको ‘बाबा तुहार छोरा जेलम्परलवा’ बोलको गीतकै कारण १६ सांसद जितेको दाबी गरेका थिए ।
कारागारमा पार्टी स्थापना गरेको, निर्वाचनका लागि पैसा नभएपछि गीत तयार गरेर सांसद जिताएको उनको भनाइ थियो ।

‘ ‘थारु कलाकार बैनीहरूलाई बोलाएँ । गीत रेकर्ड गरेँ । गाउन पठाएँ । कसैले केही प्रचार गर्नु परेन । मात्र त्यही गीत बजाइदिँदा यत्रो जनताको विश्वास र भरोसाले १६ सांसदले चुनाव जिते,’ रेशमले भनेका थिए ।


रन्जिताले भने गीतकै आधारमा पार्टीले सिट नजितेको बताएकी छन् ।

‘आज हामीले १६ सांसद जित्नु कुनै गीत बजाएर वा क्षणिक मनोरञ्जनको कारण होइन । यो त थारु समुदायको साहस, आँसु, बलिदान र राजनीतिक चेतनाको प्रतिफल हो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । ‘यससँगै हाम्रो प्रत्येक कार्यकर्ता साथीहरूको अथक परिश्रम र निरन्तर समर्पणले यो सम्भव भएको हो । म सबै कार्यकर्तालाई हृदयदेखि आभार व्यक्त गर्दछु ।’
 

clock बिहिबार १२, भदौ २०८२ ०८:००

प्रतिक्रिया