सुदूरपश्चिम सरकारले आज नीति तथा कार्यक्रम ल्याउदै

  शुक्रबार १६, जेठ २०८२ ०९:३६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ल्याउने भएको छ । शुक्रबार साँझ ४ बजे बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची तय भएको छ ।

प्रदेश सभा सचिवालयले प्रदेश प्रमुख नजिर मियाँले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची निर्धारण भएको जनाएको छ । प्रदेश सभामा नीति तथा कार्यक्रम पेश हुनु पूर्व मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने प्रावधान छ ।

नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्न मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । राती ११ बजेसम्म मन्त्रिपरिषद् बैठक चलेपनि नीति तथा कार्यक्रमको मस्यौदामा केही कुरा संशोधन गर्नुपर्ने भएकाले स्वीकृत भएको छैन ।

मुख्यमन्त्री शाहले नीति तथा कार्यक्रमलाई अन्तिम रुप लिएर प्रदेश सभा बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक बोलाएर स्वीकृत गर्ने तयारी गरेका छन् ।

clock शुक्रबार १६, जेठ २०८२ ०९:३६

प्रतिक्रिया