एसपिए क्याम्पस र विद्यार्थी परिषद् बिच सहमति, क्याम्पसमा लगाएको तालाबन्दी खुल्यो

  सोमबार १२, जेठ २०८२ १९:५७

धनगढी । सुदूरपश्चिमाञ्चल क्याम्पस र सुदूरपश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषद् बिच सहमति भएपछि क्याम्पस लगाएको ताला खुलेको छ ।  

क्याम्पस प्रमुख योगराज गौतम र विद्यार्थी परिषद्का अध्यक्ष कृष्ण पुजारा बिच सहमति भएपछि क्याम्पसमा लगाएको ताला खुलेको हो ।  

यस्तो छ सहमति

 

१. क्याम्पस प्रमुखबाट तालबन्दी सम्बन्धी गलत सुचना प्रवाह हुन गएको त्यसलाई सच्याउने र अब देखि क्याम्पस प्रशासन र सुदुर पश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषद कुनै पनि कुरामा समझदारीका साथ अघि बढ्ने

२. पुस्तकालयको समस्या समाधानका लागि आवश्यकता अनुसार थप पुस्तक खरिद गर्ने प्रक्रिया अघि बढाउने.

३. BHM को छात्रव्रति लाई BHM संयोजक संग समन्वय गरि अघि बढ्ने .

४. अंग्रेजी विषय शिक्षक तत्काल नियुक्त गरी अधि बढने.

५. परिक्षामा निरीक्षक सम्बन्धी विद्यार्थी परिषदको कुनै पनि माग नभएको जानकारी गराउने .

६. तालाबन्दी गर्ने कार्य आगामी दिनमा नभई सहमति र छलफलको माध्यमले गर्ने.

May be an image of ticket stub and text

clock सोमबार १२, जेठ २०८२ १९:५७

प्रतिक्रिया